१ कार्तिक २०८३, शनिबार

बजेटले खेलकुदलाई प्राथमिकता दिएको छः सदस्य सचिव विष्ट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabalparsi-keshav (2)

– मोहन पौडेल
परासी, २३ जेठ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले राज्य खेलकुदप्रति संबेदनशिल रहेको प्रष्ट भएको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले बताउनुभएको छ ।

अखिल नेपाल फुटबल संघ नवलपरासीको छैठौँ वार्षिक साधारण सभा तथा कार्यालय भवन उद्घाटन कार्यक्रमलाई आज भुमहीमा सम्बोधन गर्दै सदस्य सचिव विष्टले बजेटमा खेलकुदलाई प्राथमिकता दिएको बताउनुभएको हो । खेलाडीको सुरक्षा र प्रोत्साहनका लागि सरकारले विशेष कार्यक्रमहरु सन्चालन गरिरहेको पनि उहाँले बताउनुभयो ।

खेल क्षेत्रको विकासका लागि सवै खेलप्रेमिको एकता आवश्यक रहेको उहाँको भनाई थियो । राखेप सदस्य सचिव विष्टले खेलकुदमा बजेट नै ठूलो कुरा नभई देशभक्ति र पेशा प्रतिको ईमान्दारिता पनि ठुलो कुरा रहेको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले नवलपरासी खेल क्षेत्रको उर्वर भुमि रहेको भन्दै प्रशंसा गर्नुभयो । नवलपरासीको खेलको विकास र प्रतिभा प्रोत्साहनका लागि एन्फाले विशेष सहयोग गर्ने पनि बताउनुभयो ।

Nabalparsi-keshav (1)

एन्फाका केन्द्रीय सदस्य एवँ जिल्ला फुटवल संघ नवलपरासीका अध्यक्ष प्रकाश पगेनीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आले, स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेल, जिल्ला फुटवल संघका उपाध्यक्ष मेघराज पाण्डेय, महासचिव सेतमान पुन लगायतले बोल्नुभएको थियो ।

यसैबीच जिल्लामा पत्रकारिताको माध्यमबाट खेलक्षेत्रमा विशेष योगदान पुराएको भन्दै पत्रकार द्धोय प्रमोद अर्याल र लालकुमार भट्टराईलाई जिल्ला फुटवल सं्रघले सम्मान गरेको छ । अर्याल सामुदायिक रेडियो परासी र भट्टराई नेपाल टेलिभिजन सँग सम्बन्धित हुनुहुन्छ ।

यसैगरी उत्कृष्ट रेफ्रीबाट धनिराम महत्तो, उत्कृष्ट पुरुष खेलाडिबाट अशिश शाक्य, अमृत गुरुङ, उत्कृष्ट महिला खेलाडिबाट हिना राना, सपना राना लाई पनि सम्मान गरिएको जिल्ला फुटवलसंघका अध्यक्ष प्रकाश पंगेनीले बताउनुभयो ।

यसैबीच राखेपका सदस्य सचिव विष्टले आजै फुटवल संघको चारकोठे भवनको पनि उद्घाटन गर्नुभयो ।