२५ कार्तिक २०८३, बुधबार

‘भद्र सहमति’बारे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको प्रष्टोक्ति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-Rimal

काठमाडौं, २३ जेठ । सत्ता हस्तान्तरणका विषयमा नेकपा एमाले र तत्कालिन एमाओवादीबीच भएको भनिएको ‘भद्र सहमति’बारे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले स्पष्ट पारेका छन् ।

सहमति भएको राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहभागी रिमालले एमाले र एमाओवादीबीच ९ बुँदे सहमति मात्रै भएको तर, सत्ता हस्तान्तरणबारे कुनै भद्र सहमति नभएको स्पष्ट पारेका हुन् ।

बजेट घोषणा भएसँगै माओवादीका नेताहरुले सत्ता हस्तान्तरणबारे भद्र सहमति भएको दाबी गरिरहेका बेला आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्टिकरण दिँदै एमालेको केन्द्रीय सदस्य समेत रहेका रिमालले तीन बुँदे भद्र सहमतिको प्रसंग आउँदा प्रधानमन्त्री ओलीले ‘बरु राजीनामा दिन्छु तर, यस्ता कागज गर्दिन् । जसजसलाई प्रम हुनु छ हुनुहोस्’ भनेको खुलासा गरेका छन् ।

प्रधानमन्त्रीको अडानपछि यो भद्र सहमति नभएको र त्यसपछि सरकार सञ्चालनका लागि ९ बुँदे सहमतिमा हस्ताक्षर भएको रिमालले स्पष्ट पारेका छन् ।

यता प्रधानमन्त्री ओलीले पनि सत्ता हस्तान्तरणका विषयमा कुनै तीन बुँदे भ्रद सहमति नभएको भन्दै हस्ताक्षर गरेको प्रमाण ल्याएर देखाउन माओवादी नेताहरुलाई चुनौति दिँदै आएका छन् ।

यस्तो छ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको स्पष्टोक्तिः