२५ कार्तिक २०८३, बुधबार

सरकार परिवर्तनबारे बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Prachanda

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज विहान ‘वान टु वान’ वार्ता भएको छ ।

आइतबार विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डसँग ओलीले सरकार परिवर्तन, मधेसको समस्या समाधान र संविधान कार्यान्वयनका विषयमा छलफल तथा सम्वाद गरेका हुन् ।

बालुवाटार स्रोतका अनुसार तत्काल सरकार परिवर्तन नगर्ने विषयमा लामै छलफल भएको थियो ।

वार्तामा सरकारका काम कारबाही, नेकपा एमाले र तत्कालीन एमाओवादीबीच भएको नौबुँदे सहमति, राष्ट्रिय सहमतिको सरकार गठन लगायत थप विषयमा पनि छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

नेकपा एमाले स्थायी समिति बैठकले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको भोलिपल्ट ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुनुलाई चाँसोका साथ हेरिएको छ ।

पछिल्लो समय सरकार परिवर्तन र भद्र सहमतिलाई लिएर एमाले र एमाओवादीबीच दुरी बढ्दै गइरहेका बेला एकाएक प्रचण्डले ओलीलाई भेटेका हुन् ।