१ कार्तिक २०८३, शनिबार

शान्ता चौधरीको प्रश्न- राष्ट्रिय सरकारका लागि प्रचण्ड कुन आधारमा ओली भन्दा योग्य ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanta-Chaudharyकाठमाडौं, २२ जेठ । नेकपा एमालेकी नेतृ एवं पूर्व सभासद शान्ता चौधरीले सरकार परिवर्तनको बहस भइरहेका बेला शनिबार आफ्नो धारणा राखेकी छिन् ।

उनले केही दिनयता राष्ट्रिय सहमतिको सरकार गठनको चर्चाले तीव्रता पाएको भन्दै हालका प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने उल्लेख गरेकी छिन् ।

उनले प्रश्न गरेकी छिन्- एउटा जिज्ञासा केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन चाहि किन सकिदैन ? प्रचण्ड कुन आधारमा केपी ओली भन्दा राष्ट्रिय सहमतिको सरकारका लागि योग्य छन ? सत्ता राजनीतिको गोलचक्करमा देश ।’

बजेट घोषणा भएसँगै पछिल्लो समय वर्तमान सरकार परिवर्तनका लागि माओवादीबाट तीव्र रुपमै लविङ भइरहेको छ । यही कारण एमाले र माओवादीबीच दुरी बढेको बताइन्छ ।

हेर्नुस् शान्ताको प्रश्न (जस्ताको तस्तै):

तस्वीरः थारुवान डटकमबाट ।