१ कार्तिक २०८३, आइतबार

गुरुङ फिल्म ‘मैंरिमो’को यस्तो छ फष्टलुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gurungकाठमाडौं । मुनाल फिल्म प्रालिले निर्माण गरेको गुरुङ फिल्म ‘मैरिमो (मिस यू)’ को फष्टलुक सार्बजनिक गरिएको छ । फिल्मको गत चैत २३ गते पोखरास्थित दूधपोखरी तमु समाजमा मुहूर्त गरिएको थियो ।

भोजबहादुर गुरुङले निर्देशन गरेको फिल्ममा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुबा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कुलबहादुर गुरुङ, इन्द्रसुब्बा गुरुङ, चन्द्रकला गुरुङ, कमल गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु) लगायतको अभिनय छ । निर्देशक गुरूङका अनुसार फिल्मले गुरूङ भाषा र संस्कृतिको कथालाई प्रस्तुत गरेको छ ।

केयरसिंह गुरुङ (गुरुङ कवि) को कथा, रोशन गुरुङको पटकथा र संवाद, आश गुरुङ (प्रतीक), अमिर गुरुङ (बन्दीपुरे ठागु) र प्रेम गुरुङको गीत रहेको फिल्ममा तेजेन्द्र गुरुङको संगीत, गोविन गुरुङ, मनोज गुरुङ, सरुन गुरुङको स्वर, तारा श्रीषको छायांकन र खिमबहादुर गुरुङको सम्पादन छ ।

सपना गुरुङ र प्रेम गुरुङ निर्माता रहेको फिल्ममा कार्यकारी निर्माताका रूपमा बालकाशी गुरुङ छन् । फिल्ममा गमन घले र नेत्रबहादुर गुरुङको मुख्य सहायक निर्देशन छ ।