१ कार्तिक २०८३, आइतबार

विश्वप्रसिद्ध मुक्केबाज मोहम्म अलीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Muhammad-aliलसएञ्जलस, २२ जेठ । विश्व प्रसिद्ध मुक्केबाज मोहम्मद अलीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

७४ वर्षीय मुक्केबाज अलीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । अमेरिकाको एरिजोना राज्यको फँनिक्स शहरमा उनको मृत्यु शनिबार बिहान भएको हो ।

अमेरिकी सञ्चारमाध्यमहरूका अलीलाई पार्किनसनको बिरामी थिए । सोही कारण उनलाई स्वासप्रश्वासमा समस्या हुने गरेको जनाइएको छ ।

पछिला थुप्रै वर्षहरूमा अलीलाई उपचारका लागि पटक–पटक अस्पताल भर्ना गरिएको थियो । उनलाई सन् २०१५ मा पिसाबसम्बन्धी समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

मोहम्मद अलीले तीन पटक विश्व च्याम्पियन जितेका थिए । सन् १९६४ मा अलीले पहिलो पटक बक्सिङको विश्व बिजेताको उपाधि जितेका थिए । त्यसपछि अलीले सन् १९७४ र १९७८ मा पनि मुक्केबाजको उपाधि जितेका थिए । – एजेन्सी