– प्रकाश कोइराला (यूएई)
बिगत केहि दिनदेखि नियमित रुपमा शीर्ष नेतागणले ब्यक्त गरेका विचारका बिषयमा सामाजिक सञ्जाल तथा बिभिन्न संचार माध्यमहरुमा क्रिया–प्रतिक्रियाको बाढी नै आयो । केहिले तेही धमिलो बाढीमा मौका छोप्न खोजे भने केहिले मौका छोप्न खोजिरहेकाहरुलाई केहि क्षण सुरक्षित भएर बस्न र समय अनुकुल भएपछी विचार बनाउन आग्रह गरे ।
प्रसङ्ग गत हप्ता काठमाडौंमा सम्पन मदन भण्डारी अध्ययन केन्द्रको कार्यक्रम र टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालद्वारा ब्यक्त विचार अनि सामाजिक संजाल र सञ्चार माध्यमहरुमा आएका अतिरन्जित र भ्रमपूर्ण समाचारहरुलाई जोड्न खोजेको छु ।
कुनै बेला कमरेड मदन भण्डारीको भाषणबाट प्रभावित भएर ५ लाख नेपाली एमाले भएका थिए भने अहिले कमरेड केपी शर्मा ओलीको बिकासशील योजना र सपनाले १०औ लाख नेपाली एक रातमै एमाले भैसकेका छन् जसको पुष्ठि भर्खरै सम्पन्न कर्मचारीहरुको चुनाबी मतपरिणामले गरेको छ र बाँकि आगामी स्थानीय र आमचुनाबले गर्नेछ भन्नेमा अब दुइ मत छैन । त्यसकारण पनि भोलिको समृद्धिको लागि ओलीको विकल्प छैन राष्ट्रबादी नेपालीहरुको लागि ।
सानो बच्चाले बिस्तारामा बिठ्ठ्याई गर्नु र प्रमुख नेताहरुले संचार माध्यममा पार्टीका भित्रि कुरा ओकल्नु एउटै बिषय होइनन । कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले नेकपा एमालेको नेतृत्वको शिखरमा बसेर यो पार्टीलाई बर्षौ नेतृत्व गरिसक्नु भएको छ । हामीमा भन्दा उहाँहरुमा पक्कै पनी सुझबुझ बढी नै होला । कमरेड माधव नेपाल इतिहासकै सफल, अनुभवी, इमान्दार, अनुशासित भएकै कारण उहाँको नेतृत्वकालमा एमालेको अल्पमतको सरकारका जनपक्षीय कार्यहरुको अहिले पनि चर्चा हुने गर्छ । २०५४ को स्थानीय निर्वाचनमा प्राप्त २/३ जनमत तथा २०६३ सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलेको उहाँको भूमिकाको पुराना कार्यकर्तामा अहिलेसम्म छाप छ । कमरेड जे एनको नेतृत्वकालमा गणतन्त्रको सफल प्रयोग तथा बिगतको पार्टी इतिहासलाई जोगाएर सफल नेतृत्वको हस्तान्तरणलाई पनि हामीले भुल्नु हुँदैन । हामी पार्टीका सिपाहीहरु सामान्य कार्यकर्ताभन्दा पनि तल्लो तहमा झरेर नेता तथा नेतृत्वको आलोचना गर्नु अनी भागबन्डामा पार्टीलाई उभ्याउन खोज्नु किञ्चित कुनै पनि सदस्यलाई त्यो स्वीकार्य हुँदैन । त्यसकारण हामी कार्यकर्ताले बुझ्नुपर्छ अनाबश्यक मिडियामा आएका कुराले माधव र झलनाथ कमरेडलाई राष्ट्रियताको बिरोधी बनाउन खोजिएको मात्र हो । माधब र झलनाथ कमरेडहरुमा पनि राष्ट्रियता आगाध छ । यस्तो अनुकुल बेलामा पनि हामी कार्यकर्तामा चेत आएन र एक आपसमा एकले अर्कोलाई खुइलाइरहेउ भने हामी अब पलायन हुने कुरामा दुई मत छैन । नेताको पुच्छर समाउन छाडेर पार्टी एकढिक्का बनाउने दायित्व तपाई हामी सबै कार्यकर्ताको रहन्छ हामीभित्रै सिङ्ग जुरो जुधाउन पर्ने छैन् । यहाँ आपसी झगडा गरिन्छ तर, त्यही बिरोधिहरु घिउ थप्ने काम गर्छन र त्यही रापमा आफ्ना अंगहरुलाई सक्ने कुण्ठा पाल्छन ।
यदि हामीमा राष्ट्रभक्ति छ र देश नेकपा एमालेले नेतृत्व गर्नुपर्छ भने अब हामी सबै कार्यकर्ताहरुले भन्न सक्नुपर्छ न हामी केपी ओली न माधव नेपाल न झलनाथ खनाल कमरेडका दास हौ ।
हामी जम्मा जम्मी नेकपा एमाले र त्यो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबादका दास बन्न यो पार्टीमा सिपाही भएर लागेका हौ । पार्टी भन्दा ठूलो नेता हुँदैन, पार्टी बचाउनको लागि जस्तोसुकै मुल्य चुकाएर लाखौ कार्यकर्ता मर्न तयार हुनेछौ । ताकी नेताहरुको बुद्धिको बिर्को उघारिओस अनि हाम्रा सुखानिका सहिदहरुको सपनाले साकार हुने बाटो देखोस । छिन्ताङ्ग र पिस्करका योद्दाहरुको सम्मान हुन सकोस । अनि बल्ल कमरेड मदन भण्डारी र कमरेड मनमोहन अधिकारीले देखेको समृद्ध नेपालको सपना हामीले पुरा गर्ने गन्तब्य भेटाइने छ ।
२०७१ साल असारमा सम्पन्न नेकपा एमालेको नवौ महाधिवेशनले कमरेड केपी शर्मा ओलीको नेतृत्व पाएको छ । महाधिवेशन ताका देखिएको गुटबन्दीलाई नेतृत्वले बिस्तारै मिलाउदै लैजानपर्ने ठाउँमा यो गुटबन्दी झन् फैलदो होकी भन्ने आशंका अहिले कार्यकर्ता पंक्तिमा भुत भएर खडा भएको डरलाग्दो अवस्थामा छ । नेतृत्व तहमा केहि आपसी बादविवाद हुनु सामान्य नै मानिन्छ तर एक पक्षलाई पुरै चिप्लाएर सबै ठाउँमा वरिपरि घुमेका कार्यकर्ताहरुलाई उपयोग गरिन्छ भने त्यो नै गुटबन्दी भएको ठहर्छ । त्यसकारण शीर्ष नेताहरुले साना साना कुराहरुमा बाहिर पैठेजोरी खेल्नभन्दा पनि आपसी सहमतीय प्रणालीमा पार्टीको नेतृत्वदायी भूमिका खेल्नु हुनेछ भन्ने आम कार्यकर्ताहरुको दह्रो माग हुनुपर्दछ । तबमात्र हामी पार्टी मात्र होइन देशलाई नै गुटबन्दी मुक्त गर्न सक्नेछौ जति बेला देश एमालेमय भैसकेको हुनेछ ।
नेपाल राष्ट्रको नेतृत्व अहिले अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा एमालेले गरिरहेको छ । यहाँ व्यक्ति भन्दा पनि एमालेको नीति र त्यसका कार्यक्रमले जनतामा पार्ने प्रत्यक्ष प्रभाव र त्यसबाट निस्कने परिणामको मुल्याङ्कन हर कार्यकर्ताले गरिरहेको बेलामा सरकारको विकल्प सोच्नु फेरि पार्टीलाई २०५४ तिरको दुर्घटनातिर लैजान सक्ने प्रमाणको रुपमा बुझ्न सकिन्छ । कुनै बेला कमरेड मदन भण्डारीको भाषणबाट प्रभावित भएर ५ लाख नेपाली एमाले भएका थिए भने अहिले कमरेड केपी शर्मा ओलीको बिकासशील योजना र सपनाले १०औ लाख नेपाली एक रातमै एमाले भैसकेका छन् जसको पुष्ठि भर्खरै सम्पन्न कर्मचारीहरुको चुनाबी मतपरिणामले गरेको छ र बाँकि आगामी स्थानीय र आमचुनाबले गर्नेछ भन्नेमा अब दुइ मत छैन । त्यसकारण पनि भोलिको समृद्धिको लागि ओलीको विकल्प छैन एमालेजन र राष्ट्रबादी नेपालीहरुको लागि ।
अन्त्यमा सबैले प्रतिज्ञा गरौं, गुटगत स्वार्थमा कुनै नेताको हजुरी गरेर ठुटे नेता बन्नु भन्दा यो बिशाल पार्टीको संगठित सदस्य र कुशल कार्यकर्ता मात्र रहनमा आफूलाई स्वाभिमानी ठान्न सक्नुपर्छ हरेक कार्यकर्ताले । अनि मात्र एमाले रहनेछ र नेपाल समृद्ध हुनेछ ।
(लेखक प्रवासी नेपाली मञ्च यूएईका पूर्व अध्यक्ष हुन् ।)
















प्रतिक्रिया