१ कार्तिक २०८३, आइतबार

सांसद विकास कोषबाट महिलालाई स्वरोजगारमूलक तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahila-1
फाइल तस्वीर

काठमाडौँ, २१ जेठ । सांसद क्षेत्र विकास कोषको बजेटबाट बौद्ध जोरपाटी क्षेत्रका ६९ महिलालाई रोजगारमूलक तालिम दिइएको छ ।

बौद्ध महिला समूहले काठमाडौँ ३ नं क्षेत्रबाट निर्वाचित सांसद रामेश्वर फुयाँलको कोषको रु एक लाख ५० हजार र संस्थाले रु एक लाख ४० हजार जुटाएर रु दुई लाख ९० हजारको लागतमा तालिम आयोजना गरेको हो ।

तालिम समापनपछि आज आयोजित प्रमाणपत्र वितरण समारोहमा सांसद फुयाँलले महिला सशक्तीकरणमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “सीप सिकेर स्वरोजगार भएपछि महिलाले पनि केही गर्न सक्छन् भन्ने उदाहरणीय रुपमा देखाउनुपर्छ”– उहाँले भन्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) काठमाडौँ ३ नं क्षेत्रीय अध्यक्ष उद्धव खड्का, समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, काठमाडौँ महानगरपालिका–६ का सचिव रामप्रसाद पौडेललगायतका वक्ताले तालिमले महिला विकासमा सहयोग पुग्नेमा जोड दिनुभयो ।

सहभागीमध्ये होटल, घरबास (होम स्टे) एवम् पर्यटन प्रवद्र्धन ३१ जना, मन्टेस्वरी ३० र चालक तालिम आठ जनालाई दिइएको छ । वातावरण दिवसको पूर्व सन्ध्या भएकाले गमलामा अम्बा र एभोगार्ड रोपेर नौलो तरिकाले कार्यक्रमको उद्घाटन गरिएको थियो । रासस