१८ कार्तिक २०८३, बुधबार

अनेरास्ववियु र नेविसंघबीच किन हुदैछ कुटाकुट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुटपिटमा घाइते क्रमश नेविसंघ र अनेरास्ववियुका कार्यकर्ता ।
कुटपिटमा घाइते क्रमश नेविसंघ र अनेरास्ववियुका कार्यकर्ता ।

– केशव पन्त
महेन्द्रनगर, २१ जेठ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस सभापति शेरबहादुर भारतीय दलाल भएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नक्कली क्रान्तिकारी भएको स्टाटस हालेपछि सुरु भएको विवाद अहिले विद्यार्थी बिच भइरहेको कुटाकुटको मुख्य कारण हो ।

विश्वविद्यालयको रजिष्ट्रारले एमाले अध्यक्ष ओलीको भक्ति गरेको भन्दै बिभिन्न माग राखेर आन्दोलनमा उत्रेका विद्यार्थी संगठनले सुरुवातमा संयुक्त रुपमा आन्दोलन थालेका थिए । पछि नेविसंघले विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र अनेरास्ववियुले रजिष्टार द्विजराज भट्टको बचाउ गर्ने आशशयका साथ प्रस्तुत भएपछि विद्यार्थी संगठनका बिचमा मनमुटाव सुरु भएको थियो । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, लगायतका बिद्यार्थी संठगनबिच छलफल भईरहेका बेला जेठ १४ गते नेविसंघ र अनेरास्ववियुत्रिच विवाद भएको थियो । त्यसपछि अन्य विद्यार्थी संगठन टतस्थ बसेका छन् । तर, नेविसंघ र अनेरास्ववियुका विचमा अहिलेपनि कुटाकुट भईरहेको छ । जेठ १४ गते नेविसंघका प्रोहित बडुमाथि आक्रमण भएको ६ दिनपछि बिहिवार राती अनेरास्ववियु सिद्धनाथ बहुमुखी क्याम्पस एकाई कमिटी अध्यक्ष नवीन रतोकी माथि कुटपिट भएको छ ।

अनेरास्ववियु कञ्चनपुरका जिल्ला अध्यक्ष ओम बस्नेतका अनुसार राती १० बजेतिर कटान स्थित नवीन रतोकीका घरमा पुगेका नेविंसंघका विद्यार्थीले धारिलो हतियार प्रयोग गरी घाईते बनाएका छन् । घाईते रतोकीको महाकाली अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । बिहिवार दिउँसो एमाले र काँग्रेस लगायतका दलहरुका बिचमा विद्यार्थीले लगाएका ताला खोल्ने सहमति भएको थियो । सहमति बमोजिक अनेरास्ववियुले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला खोलेको थियो । राजनीतिक दलको सहमतिपछि ताला खोल्दा नेविसंघको चित्त नबुझेकाले आफ्ना साथीमाथि आक्रमण गरेको अनेरास्ववियु सहसचिव नरेन्द्र कार्कीले बताउनुभयो ।

अनेरास्ववियुका विद्यार्थी नवीन रतोकी माथि आक्रमण बारे अनुसन्धान गर्ने भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेविसंघका विद्यार्थी नेता राजेशराज पन्त र महेशप्रसाद जोशीलाई नियन्त्रणमा लिएको छ । अनेरास्ववियुले नेविसंघले आक्रमण गरेको बताएपनि नेविसंघले घटना बारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको छ । घटनामा आफ्नो संलग्नता नभएको र प्रहरीले विना कारण आफ्ना साथीलाई नियन्त्रणमा लिएको दावी नेविसंघ कञ्चनपुरका नेता अच्युत कलौनीको छ ।

Farwester-university

राजनीतिमा प्रतिशोधको भावना उचित नहुने भएकाले फेरी मिलेरै जानुपर्ने राजनीतिक दलका नेताहरुले बताएका छन् । नेपाली काँग्रेस कञ्चनपुरका सचिव भोजराज बोहराले दुवै पक्षबाट भएको कमी कमजोरीको समीक्षा गर्दै हात मिलाएर अगाडी बढनुपर्ने बताउनुभयो । रजिष्ट्रार द्विजराज भट्टले सामाजिक सञ्जाल फेसबुकमा पदीय मर्यादा विपरित लेखेको स्टाटस नै विद्यार्थी बिचको झगडाको मुख्य कारण भएपनि विद्यार्थी कुटाकुट गर्नु नहुने बताउनुभयो । आजका विद्यार्थी नेता भोलीका कर्णाधार भएकाले विद्यार्थीको हकहितका लागि विद्यार्थीले मिलेरै जानुपर्ने बताउनुभयो ।

नेकपा एमाले कञ्चनपुरमा सचिव सुरेन्द्र विष्टले विद्यार्थी बिचमा देखिएको समस्यान समाधानका लागि फेरी एकचोटी बैठक बसेर सहमति गर्ने बताउनुभयो । बैठकमा भएका सहमतिको कायान्वयन विद्यार्थीले पनि गर्नुपर्छ उहाँले भने सहमति गर्ने अनि कार्यान्वयन नगर्ने हो भने त्यस्तो छलफलको कुनै अर्थ छैन् । विश्वविद्यालयमा तालाबन्दी नगर्ने र आजसम्म गरिएका तालाबन्दी पनि खालेर सहज बातावरण बनाईदिने निर्णय भएको बेलुका फेरी विद्यार्थी माथि आक्रमण हुनु गलत भएको भन्दै सचिव विष्टले यसको समाधान पनि बैठकबाटै खोजिने बताउनुभयो ।

जेठ १४ गतेदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल गेटमा नेविसंघले लगाएको तालाबन्दी यथावत छ भने उपकुपति भुषण श्रेष्ठको कार्यकक्षमा अनेरास्ववियुले लगाएको तालाबन्दी पनि जारी छ । जसका कारण विश्वविद्यालयको कामकाज प्रभावित भएको छ ।