१८ कार्तिक २०८३, बुधबार

काठमाडौँबाट हिडेको बसले ठक्कर दिँदा दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

बनेपा, २१ जेठ । काभ्रेपलाञ्चोकमा आज भएको दुर्घटनामा दुईजना घाइते भएका छन् । काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको ३७५० नं को यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको बा ७३ प ६४६६ नं को मोटरसाइकललाई धुलिखेलमा ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक धुलिखेलका ३२ वर्षीय राजकुमार लम्साल र ३३ वर्षीय प्रल्हाद तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । घाइतेमध्ये तिमल्सिनाको टाउकोमा चोट लागेकाले गम्भीर अवस्था रहेको छ भने लम्सालको खुट्टामा चोट लागेको छ ।

प्रहरीले घटनास्थलबाट मोटरसाइकल र बसलाई नियन्त्रणमा लिए पनि बस चालक फरार रहेकाले खोजी भइरहेको जनाइएको छ । रासस