१८ कार्तिक २०८३, बुधबार

शुक्लाफाँटाको बाह्रसिंगा बर्दिया ल्याइयो (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12 shinga 2

– सुदीप अधिकारी
बर्दिया, २१ जेठ । विश्वमै दुर्लभ वन्यजन्तुको रुपमा रहेको बाह्रसिंगालाई शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएको छ । एक भाले र एक पोथी बाह्रसिंगा बर्दिया निकुञ्जमा छाडिएको छ ।

बाह्रसिंगालाई ट्रयाप (जालमा पारेर समात्ने) गरेर गर्न बर्दिया निकुञ्जमा ल्याइएको हो । शुक्लाफाँटाबाट पहिलो पटक बाह्रसिंगालाई बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएका बाह्रसिंगामा जिपीएस रेडियोकलर जडान गरिएको छ । रेडियोकलरको माधयमबाट निकुञ्ज प्रशासनले बाह्रसिंगाको गतिविधी अवलोकन गर्ने छ । शुक्लाफाँटा पछि बर्दिया निकुञ्ज बाह्रसिंगाका लागि उपयुक्त वासस्थान मानिन्छ ।

पहिलो चरणमा शुक्लाफाँटाबाट १५ वटा बाह्रसिंगा बर्दिया निकुञ्ज स्थानान्तरण गर्ने योजना छ ।

बर्दिया निकुञ्जमा करिव सयको हाराहारीमा मात्र बाह्रसिंगा छन् । निकुञ्जका अनुसार बर्दिया निकुञ्जमा तीन दशकयता बाह्रसिंगाको संख्या अपेक्षाकृत नबढेकाले नश्ल सुधारका लागि शुक्लाफाँटाबाट बाह्रसिंगा बर्दिया ल्याइएको बर्दिया राष्टिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए ।

12 shinga 1  12 shinga 12