१ कार्तिक २०८३, आइतबार

विदेश गएपछि अनुबाट यसरी धोका पाए यशराजले (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anu and sraj

काठमाडौ. । म्यूजिक भिडियोमा चलेकी मोडल हुन् अनु शाह । अनुको चलचित्र करिअर सुखद नभएपनि उनी भिडियोमा चलेकी छिन् ।

अहिले भिडियो निर्देशनमा अनन्त तिमिल्सिना पनि जमेका छन् । एकपछि अर्को म्यूजिक भिडियो निर्देशन गरिरहेका अनन्तले नायिका अनु शाह र नायक यशराजलाई लिएर एउटा भिडियो तयार पारेका छन् ।

शिव परियारको आवाजमा समावेश ‘परदेशी’ बोलको गीतमा शंकर थापा ‘प्रसन्न’को शब्द, भगवती उप्रेतीको संगीत छ ।

भिडियोमा आर्थिक अभावका कारण विदेशिएको प्रेमी र उसलाई प्रेमिकाले दिएको धोकालाई देखाएको छ । निर्देशक तिमिल्सिनाले यो भिडियोमा विदेशीने नेपालीको वास्तविकता देखाउन खोजेको बताए ।