२५ कार्तिक २०८३, बुधबार

बजेटमाथिको छलफल अचानक तीन बजेसम्म स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad-bhawanकाठमाडौं, २१ जेठ । आर्थिक वर्ष २०७३/७४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल तीन बजेसम्मका लागि स्थगित भएको छ ।

बिहान ११ बजेदेखि जारी रहेको संसद बैठक सभामुखले तीन बजेसम्मका लागि स्थगित गर्नुभएको हो । बजेटमाथि धारणा राख्ने क्रम पुछारतिर आएपछि संसद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ । बैठक स्थगित हुनुको कारणका विषयमा केही बताइएको छैन ।

राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री विष्णु पौडेलले आजै दिने कार्यक्रम छ ।

यसअघि, सांसद सांसद धनराज गुरुङ, रोमी गौचन, नवीन्द्रराज जोशीलगायतले बजेटका विषयमा धारणा राखेका थिए ।