काठमाडौँ, २० जेठ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार सदस्यलाई मनोनयन गर्नुभएको छ ।
पार्टी संसदीय दलको विधान अनुसार मनोनीत हुनेमा मीनाक्षी झा, ध्रुव वाग्ले, विष्णुमाया परियार र चम्पादेवी खड्का रहनुभएको नेता देउवाका निजी सचिवले आज आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी संसदीय दलको विधान अनुसार दलको नेताले संसदीय कार्यसमितिमा दलको उपनेता, मुख्य सचेतक, सचेतक, सचिव र कोषाध्यक्षका अतिरिक्त तीन जना महिलासहित नौ जना सदस्य मनोनित गर्नु पर्नेछ ।
फागुनमा सम्पन्न पार्टीको १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित देउवा चैत २४ गते सम्पन्न संसदीय दलको नेता चयनको निर्वाचनमा पार्टी नेता रामचन्द्र पौडेललाई दुई तिहाई मतअन्तरले पराजित गर्दै निर्वाचित भएका थिए । रासस













प्रतिक्रिया