काठमाडौं, २० जेठ । विश्वका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो विश्वकै प्रसिद्ध खेलाडी बनेका छन् ।
खेल वेबसाइट इसपिएनले सार्वजनिक गरेको विभिन्न खेलको १०० जना खेलाडीहरुलाई लिएर गरेको सर्वेक्षणको रिपोर्टमा पोर्चुगल तथा रियल मड्रिडका चर्चित स्ट्राइकर रोनाल्डो शीर्ष स्थानमा परेका हुन् ।
दोस्रो नम्बरमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स परेका छन् भने रोनाल्डोका चिरप्रतिद्वन्द्वी अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी भने तेस्रो स्थानमा परेका छन् ।
सूचीको चौथो नम्बरमा ब्राजिलका नेयमार परेका छन् भने पाचौं नम्बरमा स्विजरल्याण्डका टेनिस स्टार रजर फेडेरर परेका छन् ।
खेलाडीहरुले पाउने सुविधा तथा सामाजिक संजालमा फलोअर्सको संख्याका आधारमा इसपिएनले प्रत्येक वर्ष इसपिएन वल्र्ड फेम १०० सार्वजनिक गर्दै आएको छ ।
















प्रतिक्रिया