काठमाडौँ, २० जेठ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरीय ग्रामीण पर्यटन कार्यशाला आज सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सचिवालयद्धारा संयुक्त रुपमा आयोजना गरेको कार्यशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पाखरेलले उद्घाटन गर्नुभयो ।
उहाँले ग्रामीण पर्यटनको मुख्य आधार घरबास पर्यटन भएको र यसले नेपालको मात्र नभएर दक्षिण एसियाकै आर्थिक क्रियाकलाप बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो, “सार्क क्षेत्रका जनताबीच परास्परिक सम्बन्ध पढाउन द्वीपक्षीय तथा बहुपक्षीय सहयोग विस्तार गर्न पनि ग्रामीण पर्यटन आधार हो ।”
दक्षिण एसियामा ग्रामीण पर्यटनका विकासका प्रशस्त्र आधारहरु भएको उल्लेख गर्दै उहाँले सांस्कृतिक, धार्मिक सम्पदा र एतिहासिक स्थल अपार रुपमा रहेको बताउनुभयो ।
मन्त्री पोखरेलले प्राकृतिक सम्पदा तथा हिमालयक्षेत्रबाट अटुटबाट बग्ने नदीहरु नाला यसबाट प्रचुर लाभ लिन सकिने आधारहरु भएको हुदा ग्रामीण पर्यटनबाट आर्थिकस्तर विकासमा समेत ठूलो मद्यत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ग्रामीण पर्यटन विश्वमै वातावरणमैत्री हुनुका साथै गरिबी निवारणमा समेत सहयोग पुग्ने भएकाले निकै महत्वपूर्ण भएको मन्त्री पोखरेलको भनाई थियो ।
सार्कस्तरीय कार्यशालाले दक्षिण एसियामा सांस्कृतिक पूर्वीय सभ्यता, प्राकृतिक सुन्दरता भएकाले ग्रामीण पर्यटनमाफृत सार्क राष्ट्रको आर्थिक तथा सामाजिक उन्नतिमा पुग्ने बताउनुभयो।
नेपालमा भर्खरै २५६० औँ बुद्धजयन्ती समारोह सम्पन्न गरेको जानकारी गराउँदै मन्त्री पोखरेलले नेपाल भगवान गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्धको जन्मभूमि मात्र नभई बुद्धदर्शनको उद्गम भूमि भएको समेत अवगत गराउनुभयो ।
उहाँले दिगो पर्यटन विकासका लागि नेपाल सरकारले सन् २०१६ घँुमफिर वर्षको रुपमा घोषणा गरिसकेको र कार्वनविहिन पर्यटनमार्फत दक्षिण एसियाकै आर्थिक विकासमा मद्यत पुग्ने बताउनुभयो ।
कार्यशालाले सार्क राष्ट्रका ग्रामीण पर्यटनमा गरिएका प्रयास, आ–आफ्ना देशको अनुभव आदानप्रदान गरी सार्क राष्ट्रबीचको आपसी सम्बन्धलाई बलियो बनाएर आर्थिक विकास सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सार्क सचिवालयका निर्देशक रिता धितालले ग्रामीण पर्यटनसम्बन्धी सार्कस्तरीय कार्यशालाले ती देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोगका साथै पर्यटन प्रवद्धनमा आ–आफ्नो देशको अनुभव आदानप्रदानबाट थप अघि बढ्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा धेरै महत्वपूर्ण सांस्कृति तथा ऐतिहासिक सम्पदाहरु रहेको र विश्वकै आकर्षण गन्तव्यमा नेपाल रहेको बताउनुभयो ।
नेपाल सरकारले नेपालको पर्यटन प्रवद्धन गर्नका लागि घरबास पर्यटनलाई निकै प्राथमिकता दिएर कार्यक्रमहरु अघि बढाइरहेको समेत जानकारी दिनुभयो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले नेपाल ग्रामीण पर्यटनको प्रचुर सम्भना भएको उर्भर भूमि भएको र विकासका चूनौतीका बीच पनि आर्थिक विकासको राम्रो सम्भाव आगामी दिनमा रहेको चर्चा गर्नुभयो ।
कार्यशालामा सार्क राष्ट्रहरु नेपाल भारत, अफगानस्तान, वंगलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका दुई–दुई जनाको सहभागिता रहेको छ भने कार्यशालामा आ–आफ्नो देशमा ग्रामीण पर्यटन प्रवद्धनका लागि गरिएको प्रयासहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
एकदिने कार्यशाला भए पनि शुक्रबार नेपालको घरबास पर्यटनको नमूना ठाउँहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
















प्रतिक्रिया