काठमाडौं । लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषाको लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् ।
यूट्युवमार्फत सार्वजनिक गरिएको उक्त लघु चलचित्रले दिन प्रतिदिन चर्चा कमाईरहेको छ । प्रेम र विछोडलाई फिल्मको मुख्य विषयबस्तु बनाइएको र गहराई प्रेमको उत्कृष्ट उपहार भएको लामिछानेले बताउनुभयो । उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् ।
लामिछानेले सफल नेपाली चलचित्र ‘किन लाग्छ माया’मा मूख्य भूमिकामा अभिनय गरेका थिए । त्यसपछि उनी ’ए नेपाली हो’ नामक एक भिडियो सामग्रीबाट एकाएक चर्चामा आएका थिए ।
उनले नेपाली क्रिकेटलाई सम्मान गर्दै गीत, नेपाली लोकसँस्कृतिलाई सम्मान गर्दै विभिन्न तीज गीतहरु तथा हिन्दी गीतहरु समेत वजारमा ल्याएका छन् ।
उनले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगाएत अन्य केही नाटकमा काम गरेका छन् ।
‘गहराई’मा शंकर लामिछानेको साथमा अनिता सुर्वित, गिता चन्द्र लामिछाने, आरके अदिप्त गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
कुश्माज इन्टरटेन्मेन्टले बनाएको चलचित्रलाई नेत्र गुरुङ्ले छायांकन तथा सम्पादन गरेका छन् । ‘गहराई’लाई लामिछानेले नै लेखन तथा निर्देशन गरेका हुन्
https://www.youtube.com/watch?v=I9LWJTndTxo
















प्रतिक्रिया