तपाईको महत्वकांक्षी फिल्म ‘आरोप’ कहाँ बेपत्ता भयो ?
– फिल्म रिलिजको तयारीमा छु । फिल्मको सबै प्राविधिक तयारी पूरा भएको छ । ल्याबबाट बाहिर ल्याउन मात्रै बाँकी हो । दर्शकले छिट्टै हेर्न पाउनु हुन्छ ।
‘आरोप’ कहिले रिलिज हुन्छ त ?
– गृहकार्य भइरहेको छ । फिल्म वितरकहरूसँग कुराकानी भइरहेको छ । छिट्टै रिलिजको डेट फिक्स हुन्छ ।
‘आरोप’मा कस्तो कथावस्तु छ ?
– त्यस्तो खासै नयाँ होइन । तपाई हाम्रौ समाजको कथालाई नाटकीय रुप दिएको छु । कथालाई सलल बगाउने प्रयासमा छु । दर्शकलाई दिक्क लाग्ने अवस्था दिएको छैन । मिहिनेत गरेको छु ।
सबैले भन्ने जस्तै जवाफ दिनु भयो नि ?
– मेरो फिल्म अरुको भन्दा फरक छ भनेर म भन्दिन । सबैले बनाउने स्टाइल एउटै हो । मात्रै कथालाई कसरी क्यामरामा उतार्ने हो ? कलाकारलाई कसरी न्याय दिलाउने हो ? त्यसमै भर पर्छ ।
तपाईले अर्को फिल्म पनि बनाउँदै हुनुहुन्छ हो ?
– हो । नयाँ फिल्मको अन्तिम तयारीमा छु । ‘चोट’फिल्मको बनाउँदैछु । शूटिङमा जानका लागि गृहकार्य भएको छ । कलाकारहरू पनि छनौट भइरहेका छन् ।
तपाईका फिल्ममा अधिकांश नयाँ कलाकार हुन्छन् किन ?
– नयाँलाई पनि स्थान दिनुपर्छ । नयाँलाई नखेलाउने हो भने नेपाली कला क्षेत्रमा कसरी नयाँ कलाकार ल्याउने त ? कसैले न कसैले नयाँलाई स्थान दिनुपर्छ । मैले पनि त्यही गरेको हुँ । नयाँ हुनुको पीडा मलाई थाहा छ । त्यही भएर मेरा फिल्ममा पुरानाभन्दा नयाँ कलाकारले अलि धेरै स्थान पाएका हुन् ।
‘चोट’ नयाँ कलाकार हुन्छन् कि पुराना ?
– नयाँ र पुराना दुबै हुन्छन् । पुराना स्थापित भइकेका कलाकारलाई पनि लिने बिचारमा छु । कुरा भइसकेको छ । एग्रिमेन्ट गर्न मात्रै बाँकी छ ।
‘चोट’को निर्माता तपाई आफै हो कि अरु कोही हो ?
– म होइन । म त फिल्मको निर्देशक मात्रै हुँ । फिल्ममा लगानी दुर्गा गुरुङको छ ।
अहिलेसम्म ठूलो पर्दाका कित फिल्म निदेशन गर्नु भएको छ ?
– थुप्रै फिल्म निर्देशन गरेको छु । धर्तीपुत्र, वे टु इञ्जुरी, आरोपलगायतका फिल्म मैले नै निर्देशन गरेका हुन् ।
म्युजिक भिडियो पनि निर्देशन गर्नु हुन्छ ?
– गर्ने गरेको छु । म्युजिक भिडियोमा म आफूले पनि खेल्ने गरेको छु । नाचगानमा मलाई सोख छ । मेरो सुरुवातीको कला क्षेत्र नै नाचगानको क्षेत्र हो ।
तपाईले विवाह गर्नुभयो ?
– गरिसकेको छु । अम्बिकासँग यही वैशाखको दोस्रो साता बिहे भएको हो । झण्डै दश वर्षको प्रेमलाई हामीले वैवाहिक जीवनमा परिणत गरेका हौँ ।
–विमल
















प्रतिक्रिया