काठमाडौं, २० जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी एकीकरण प्रक्रियाका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समिति, राजनीतिक परिषदको बैठक बसेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा जारी बैठकमा झण्डै २ सय पोलिट ब्यूरो सदस्यहरूको सहभागिता रहेको छ । बैठकलाई अध्यक्ष पुष्कमल दाहालले सम्बोधन गर्दै पार्टीको आकार बढ्नुको विषयमा जानकारी गराउनु भएको स्रोतले जनाएको छ ।
बैठकमा कार्यदलले दिएको सुझावहरूका विषयमा पनि छलफल हुने पोलिट ब्युरो सदस्य बसन्त घर्ती मगरले जानकारी दिनुभयो ।
‘पार्टी एकीकरण भएको परिवेशमा अध्यक्ष ज्यूबाट निर्देशन आउने छन्’, उहाँले भन्नुभयो, ‘अरु सांगठनिक विषयमा पनि बैठकले निर्णय गर्नेछ ।’
९ सय ९९ सय सदस्यीय कार्यसमितिको बिरोध भइरहेको छ । तर, यसलाई महाधिवेशनपछि आकार घटाउने नेताहरूले बताउँदै आएका छन् ।












प्रतिक्रिया