२५ कार्तिक २०८३, बुधबार

संघीय गठबन्धनको सचिवालय बैठक बस्दै, रणनीति तयार पारिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २० जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा र खुलामञ्चको रिले अनशनका विषयमा छलफल गर्न मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनको सचिवालयको बैठक बस्दैछ ।

काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकमा रिले अनशनका विषयमा छलफल केन्द्रित हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता तथा कार्यदल सदस्य केशव झाले जानकारी दिनुभयो ।

‘जेठ २५ गतेदेखि खुलामञ्चमा रिले अनशन हुँदैछ’, झाले भन्नुभयो, ‘त्यसैको तयारी र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा सचिवालयको बैठकमा छलफल हुनेछ ।’

रामसपाका प्रवक्ता समेत रहनुभएका झाले अगाडि भन्नुभयो, ‘बैठकमा पोखरा र वीरगञ्जको आमसभाका विषयमा पनि समीक्षा हुनेछ ।’

संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले जेठ २५ गतेदेखि खुला मञ्चमा रिले अनशन गर्दैछ । त्यसको तयारीमा गठबन्धन जुटेको छ ।