१ कार्तिक २०८३, आइतबार

सुधारिएको चुलोप्रति आकर्षण बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– योगेन्द्र योगी
संखुवासभा, १९ जेठ । जिल्लाको धुपु गाविसमा सर्वसाधारणले चुल्होमा आगो बाल्न सुधारिएको धुवा रहित चुल्लो प्रयोगमा ल्याउन अभियान सुरु गरिएको चुल्लो बनाउन खटिएका बालकृष्ण ठाडा मगरले जानकारी दिए ।

अधिक दाउराको प्रयोगसंगै वनजंगल समेत नासिदै गएपछि सहज र स्वास्थ्यको दृष्टिकोणले समेत उत्तम रहेको भन्दै सुधारिएको चुल्हो प्रयोगमा ल्याउन अभियान नै थालिएको उनले बताए ।

स्वास्थ्यमा समेत प्रतिकुल असर परेको भन्दै यहाँका बासिन्दाहरुले वैकल्पि चुल्होको रुपमा यसलाई विकास गर्दै लाने अभियान थालेको उमेश श्रेष्ठले बताए ।

आफै बनाउन सकिने तथा थोरै दाउरामा छिटो खाना पकाउन सकिने भएकोले पनि स्थानियहरुको यो चुल्हो प्रति आकर्षण बढ्दै गएको हो ।

स्थानीयहरुलाई चुल्हो बनाउने तालिम सुरु गरेपछि अहिले स्थानीयहरुको यो चुल्होप्रति आकर्षण बढेको मोहन कुमार श्रेष्ठको भनाइ छ ।