२५ कार्तिक २०८३, बुधबार

पोलिग्राफ टेस्टमा आशिषलाई सोधियो ११ प्रश्न, जवाफमा के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manisha-ashish– मोहन पौडेल
नवलपरासी, १९ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनीको मृत्यु प्रकरणमा पक्राउ परेका आशिष चौधरीले मनिषाको हत्या आफूले नगरेको भनेर दिएको बयान साँचो ठहरिएको छ ।

प्रहरीले चौधरीको पोलिग्राफ जाँचबाट उनले दिएको जवाफ सहि भएको पुष्टि भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले आज परासीमा पत्रकार सम्मेलन गरि पोलिग्राफ जाँचबाट आशिषले दिएको जवाफमा झुटो नबोलेको पुष्टि भएको जानकारी दिएको हो ।

पश्चिमाञ्चल क्षत्रिय प्रहरी कार्यालय पोखराबाट आएका पोलिग्राफ विशेषज्ञ प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले हिजो ५ घन्टा लगाएर लोटस रिर्साेट सुनवलमा आशिषको पोलिग्राफ जाँच गर्नुभएको थियो ।

आशिषलाई मनिषाको मृत्यु हुने गरि तपाईले घाँटी कस्नुभएको हो भनेर सोध्दा उनले होईन भन्ने जवाफ दिएका थिए । पोलिग्राफ मेसिनले उक्त जवाफ साँचो रहेको पुष्टि गरेको थियो । उनलाई विभिन्न ११ वटा प्रश्न सोधिएका विशेषज्ञ पाण्डेले बताउनुभयो ।

पत्रकार सम्मेलनमा लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी शेर बहादुर बस्नेतले उनको बयान साँचो ठहरिएपनि घटनाबारे थप अनुसन्धान जारी नै रहेको बताउनुभयो । उहाँले मनिषा मृत्यु प्रकरणको यथार्थ कुरा प्रहरीले अनुसन्धान गरेर छाड्ने बताउनुभयो । अहिले घटनाको एक तिहाई मात्र अनुसन्धान सकिएको उहाँले बताउनुभयो ।

अनुसन्धानको क्रममा जेठ ५ गते देखि जेठ १२ गतेसम्म मनिषाले प्रयोग गरेको मोबाइल नम्बरबाट आशिषले प्रयोग गरेको मोबाइल नम्बरमा १ सय १६ पटक कल फोन गरेको र सोही गतेभित्र अशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा १ सय २ पटक कल फोन गरेको पाइएको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

घटना भएको दिन जेठ १२ गते अशिषले प्रयोग गरेको मोबाइल नम्बरबाट मनिषाले प्रयोग गरेको मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट जाँदा अन्तिम कल गरेको भेटिएको एसपी चौधरीले बताउनुभयो ।

मनिषाको पोष्टमार्टम रिर्पाेटमा समेत हत्या वा आत्महत्या ठम्याउन नसकिएपछि मनिषाको हत्या हो वा आत्महत्या अझै एकिन हुन सकेको छैन् ।

विमल घर्ती मगरकी १७ वर्षीय बहिनी मनिषा गत विहीबार विहान आफ्नै घर पञ्चनगर भुताहामा मृत भेटिएकी थिईन् ।