२५ कार्तिक २०८३, बुधबार

बल्खुको एमाले कार्यालय भत्काउनेलाई ३१ लाख दिइने!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPN-UML-Party-Office-balkhu

काठमाडौं, १९ जेठ । विनाशकारी भूकम्पले क्षतिग्रस्त काठमाडौं महानगरपालिका १४ मदननगर बल्खुमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय भत्काउन ३१ लाख रुपैयाँ खर्च गरिने भएको छ ।

बुधबार हालको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा एमाले कार्यालय व्यवस्थापन कार्यदलको चौथो बैठकले बल्खुको क्षतिग्रस्त केन्द्रीय कार्यालय सुरक्षितसाथ भत्काई त्यसका सबै सामग्री हटाउन र घडेरी सफा गर्ने जिम्मा काठमाडौंका ठेकेदार राम श्रेष्ठलाई दिने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बल्खुको कार्यालय भत्काउन जेठ ११ गते टेण्डर आह्वान गरिएकोमा १८ वटा संस्थाले आशयपत्र पेस गरेका थिए । त्यसमा अधिकतम ३१ लाख, २७ लाख १५ हजार ५५५, २७ लाख ५ हजार ५२५ र न्यूनतम ७ लाखसम्म बोल कबोल गरिएका थिए ।

एमाले सचिव प्रदीप ज्ञवाली संयोजक रहेको व्यवस्थापन कार्यदलले प्राप्त आशयहरुको अध्ययन गरी सबैभन्दा बढी रकम ३१ लाख बोलकबोल गर्ने ठेकेदार काठमाडौं-११ माइतीघरका राम श्रेष्ठलाई तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का दिने निर्णय गरेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

उनका अनुसार ठेकेदार श्रेष्ठलाई ठेक्का सम्झौताका लागि जेठ २१ गतेसम्म हालको एमाले केन्द्रीय कार्यालय धुम्वाराहीमा उपस्थित हुन आग्रह गरिएको र त्यसका लागि सार्वजनिक सूचना समेत जारी गर्ने निर्णय गरिएको छ ।