काठमाडौं, १९ जेठ । फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या आशंकामा पक्राउ परेका प्रेमी आशिष चौधरीले झुटो नबोलेको पाइएको छ ।
सत्य तथ्य पत्ता लगाउने मेसिन पोलिग्राफ टेस्टले मनिषाको ‘हत्या’ आशिषले नगरेको देखाएको प्रहरीले जनाएको छ ।
बुधबार राजधानीमा प्रहरीले पत्रकार सम्मेलन गर्दै आशिषको पोलिग्राफ परीक्षण रिपोर्ट सार्वजनिक गरेको छ । जसमा उनले यसअघि प्रहरीलाई दिएको बयान झुठो नभएको देखिएको हो ।
आशिषले प्रहरीलाई आफूले मनिषाको हत्या नगरेको तर, घटना हुनुअघि झगडा भएर आफू घरबाहिर वरण्डामा सुतेको र पछि ब्युझिएर भित्र जाँदा झुण्डिएको अवस्थामा फेला पारेको वयान दिएका थिए । त्यसपछि मनिषालाई तल झारेको उनको वयान थियो ।
पोलिग्राफ टेस्टका अनुसन्धान अधिकृत प्रकाश सापकोटाले पोलिग्राफको प्रारम्भिक रिपोर्टमा आशिषले अहिलेसम्म बोलेको कुरा साँचो रहेको पाइएको र सोधिएका प्रश्नको उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नआएको जानकारी दिए ।
यद्यपी अनुसन्धान अझै नटुंगिएको बताउँदै उनले अनुसन्धान अझै जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको बताए ।
यसअघि मनिषाको पोष्टमार्टम रिपोर्टमा पनि ‘ह्यांगिङ’ (झुण्डिएको) देखाएको थियो । नवलपरासी प्रहरीले मनिषाले यदि ‘आत्महत्या’ नै गरेको पुष्टि भएपनि दोषी आशिष नै हुने ठहर गरेको छ । आशिषकै हप्कीदब्की र दबाबका मनिषा आत्महत्या गर्न बाध्य भएको हुनसक्ने आशंका स्थानीय प्रहरीको छ ।












प्रतिक्रिया