२५ कार्तिक २०८३, बुधबार

नेपाली सेनाले भूकम्प पीडितको घर बनाउन सुरु गर्‍यो, असार १० भित्र सक्ने लक्ष्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । सरकारबाट अझै आवास पाउन नसकेका भूकम्प पीडितको घर बनाउन नेपाली सेना मंगलबारदेखि औपचारिक रुपमै खटिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार सरकारले दिएको जिम्मेवारी अनुसार भूकम्प प्रभावित ११ जिल्लामा आजदेखि आवास निर्माणको प्रारम्भिक कार्य सुरु गरिएको हो ।

गत वर्षको विनाशकारी भूकम्पबाट विस्थापित भई पालमा जीवन निर्वाह गर्न बाध्य भएका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र ओखलढुंगाका भूकम्पपीडितहरुलाई बर्षा अगाडी नै अस्थायी सामूहिक आवासमा सार्ने नेपाल सरकारको निर्णय बमोजिम अस्थायी आवास पुनर्निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको र त्यसैअनुसार आजदेखि काम सुरु गरिएको सैनिक प्रवक्ता तारा बहादुर कार्कीले बताए ।

उनका अनुसार नेपाली सेनाले उल्लेखित ११ वटा जिल्लाको विभिन्न ४५ वटा स्थानहरुमा गरी कुल ४४० जना परिवारलाई अस्थायी आवास निर्माण गर्नेछ ।

विनाशकारी भूकम्पबाट विस्थापित भूकम्प पीडितहरुमा पर्न गएको असुविधा र असहजताको कारण उनीहरुको जीवनयापनलाई सामान्यीकरण गर्न नेपाली सेनाले नेपाल सरकारबाट प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक लिई दक्ष जनशक्तिको परिचालन गरी मिति २०७३ आषाढ १० गतेभित्र छोटो समयमा नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको पनि छ ।