काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)को कार्यदलले आफ्नो प्रारम्भीक प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको छ ।
कार्यदलको बैठकपछि अध्यक्ष दाहाललाई लाजिम्पाटस्थित आफ्नै निवासमा माओवादी केन्द्रको कार्यसमिति, पोलिट ब्यूरो र स्थायी समिति तथा पदाधिकारी कसरी चयान गर्ने सम्बन्धी प्रतिवेदन बुझाएको कार्यदल सदस्य बसन्त घर्तीले जानकारी दिनुभयो ।
कार्यदलको सोही सुझाव र प्रतिवेदनलाई आधार मानेर केन्द्रीय कार्यालयले आफ्नो निर्णय गर्नेछ ।
कार्यालयको बैठकमा संगठन सम्बन्धि प्रस्ताव तयार गर्न बनेको कार्यदलले रिपोर्ट पेश गरेको अध्यक्ष दाहालको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त रिपोर्टमाथि प्रारम्भिक छलफल पनि भएको छ । बुधबार बस्ने बैठकमा थप छलफल हुनेछ । नेता वर्षमान पुनको नेतृत्वमा रहेको उक्त कार्यदल ९ सदस्यीय बनेको थियो ।












प्रतिक्रिया