काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब तोकिने मिति मै नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न हुने बताएका छन् ।
मंगलबार नेपाल बिद्यार्थी संघले राजधानीमा आयोजना गरेको प्रशिक्षण सभालाई सम्बोधन गर्दै सभापति आफू पनि नेबि संघको सभापति भएर आएको स्मरण गर्दैसमयमा नै अधिबेशन नहुँदा ५० बर्षका ब्यक्तिहरु नेबि संघमा रहनुपर्ने अवस्था रहेको समेत बताए ।
साथै नेबि संघ बुढाहरुबाट चल्न नसक्ने भन्दै विद्यार्थीकै संगठन बनाउनतिर लाग्न निर्देशन दिए । नेताहरुले गरेन, गर्न दिएनन् भन्नु भन्दा आफै ईमान्दार भएर अधिबेशन सम्पन गराउन लाग्न समेत सुझाए ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अधिबेशन समयमा नै गराउनतर्फ लाग्न आग्रह गर्दै कांग्रेसले अग्रसर भएर मुलुका समस्या समाधान गर्न आन्दोलनरत पक्षसँग वार्ता थालेर समस्या समाधानको प्रयास थाल्न सभापति देउवालाई सुझाव दिए । नेबि संघले महाअधिबेशनभन्दा पहिला सातै प्रदेशमा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य अनुसार उपत्यकाबाट प्रशिक्षण थालेको प्रवक्ता युपी लामिछानेले बताए ।













प्रतिक्रिया