काठमाडौं, १८ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा बनिरहेको ड्रेन निर्माणमा भ्रष्टाचार भएको छ । उपमहानगरको ५० लाख विनियोजनमा बनिरहेको ड्रेन पशुपति मन्दिर देखि विद्युत कार्यालय हुँदै सतन मार्गसम्म पर्याउनुपर्ने हुन्छ ।
इटा विच्छ्याएर निर्माण गर्नुपर्ने ड्रेन कमसल ढुंगा विच्छ्याएर काम अघि बढाइएको छ भने निमय मिचेर निर्माण समितिका अध्यक्ष रहेका शेखर चौधरीले आफ्नै कम्पनीमा ठेक्का पारेर काम गरेका हुन् । निर्माण समितिमा रहेका कुनैपनि पदाधिकारीको निर्माण कम्पनीले उक्त काम गर्न नपाउने नियम हुन्छ । तर, चौधरीको रिना निर्माण सेवा कन्ट्रक्सन कम्पनीले नै उक्त काम गरिरहेको छ ।
‘ड्रेनका लागि ल्याइएको सामान व्यक्तिगत रुपमा पनि प्रयोजन भइरहेको छ, लापरवाही गरेर गुणस्तरहिन ड्रेन बनिरहेको छ’, स्थानीयको आरोप छ, ‘नक्साङ्कनको काम पनि प्राविधिकविना नै भइरहेको छ ।’ समितिका सचिव खगेन्द्र परियारसँगको मिलोमतोमा अध्यक्ष चौधरीले मनोमानी ढंगले काम गरेको स्थानीयको आरोप छ ।
काम गुणस्तर हिन भएको भन्दै स्थानीय युवाहरुले चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी पनि गरेका छन् ।















प्रतिक्रिया