काठमाडौं । राष्ट्रिय गीत लिएर आएका छन् शंकर अधिकारी ‘घायल’ र केदार मल्ल ।
एक मीठो घटनाको याद जोडिएको कुरा बताउँछन् । संगीतकार तथा निर्देशक केदार मल्ल भन्छन्ः ‘यो गीत २०७२ साल बैसाख १२ गते छायांकनको क्रममा थियांै हामी साखुमा अचानक जमिन हल्लिन थाल्यो हामिले केही सोच्न सकेनौ पछि थाहा भयो भूकम्प गएको हो भनेर । भुकम्पले चारैतिर तहस नहस बनाए पछि हामिले यो गीत रिलिज गर्न एक बर्ष पर्खियौं ।’
हिमालले सोधी रैछ पहाड्ले खोजी रहेछ तराइले पर्खी रहेछ बुद्धले शान्ती छरेको देश, ‘घायल’को गीत केदार मल्लको संगीत रहेकबो छ । सोनि कार्की, गौरव गिरि र प्रमोद बयलकोटीको आवाज रहेको छ । यो देश प्रेम गीतमा बिजय थापा, रिचा थापालगायतको अभिनय रहेको छ ।
भिडियोलाई ट्न्क केसिले छायांकन गरेका छन् भने बिकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोलाई लुम्बिनी मुवि मेकर्सले निर्माण गरेको छ भने, हाइलाइट नेपालको युटुव च्यानल मार्फत रिलिज गरिएको छ ।
साच्चै आज देशको बिधमान यथार्थ बोकेको छ यस गीतले आज फेरि अर्को बुद्ध खोजी रहेछ देशले । यही गीतको मर्म अनुसार देशमा अमन चयन कायम होस हाम्रो शुभ—कामना ।
















प्रतिक्रिया