२५ कार्तिक २०८३, बुधबार

अन्ततः कांग्रेससँग हारे प्रधानमन्त्री ओली! संसदबाटै देखाइदियो आफ्नो ताकत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Oli– विमल योगी

काठमाडौं, १८ जेठ । आफ्नो अडानमा अडिग रहने छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग भने हारेका छन् ।

मन्त्रिपरिषदका आफ्नै सदस्यहरुले बजेटको सूचना चुहाइदिएपछि ओली कांग्रेसको अडान मान्न तयार भएका हुन् । यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि दबाब दिएका थिए ।

भारतसँग नजिक भएको पार्टीका रुपमा व्याख्या गरिँदै आएको कांग्रेसले सोमबार दिनभर चारपटक बजेटमाथिको छलफलका लागि बोलाइएको संसद बैठक अवरुद्ध पारेको थियो । घोषणा हुनुअगावै बजेटको सूचना पत्रपत्रिकामा चुहाइएर संसदीय अभ्यासको अपमान गरेको भन्दै छानविन समिति गठन नभएसम्म सदन चल्न नदिने चेतावनी दिएको थियो ।

तर, प्रधानमन्त्री ओलीले सोमबार साँझसम्म पनि कांग्रेसले राखेको माग कुनै हालतमा पूरा नगर्ने र छानविन समिति गठन नगर्ने अडान लिएका थिए । तर, सत्ताघटक (माओवादी)बाटै समिति बनाउन दबाब आएपछि प्रम ओली कांग्रेसले भनेजसरी समिति गठन गर्न तयार भएको स्रोतले बतायो ।

८ सदस्यीय समिति गठन

चौतर्फी दबाबपछि सरकारले मंगलबार घोषणा हुनुअगावै बजेट चुहिएको विषयमा छानविन गर्न संसदीय विशेष समिति गठन गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार कांग्रेसकै नेता एवं सांसद रमेश लेखकको नेतृत्वमा ८ सदस्यीय समिति गठन गरिएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

उनका अनुसार समितिको कार्यक्षेत्र बजेटको सूचना चुहिएकोबारे वास्तविकता पत्ता लगाउनुका साथै विगतको अध्ययन समेत गरी भविश्यमा यस्तो हुन नदिने के कस्ता उपाय अवलम्बन गर्ने भनेर सुझाव दिने रहेको छ ।

समितिको कार्यकाल १०५ दिनको रहेको छ ।

छानविन समिति बनाउने प्रस्तावसहितको पत्रः

Investigation-Comitte-about-Budget