काठमाडौं, १८ जेठ । घोषणा हुनुअगावै बजेट चुहिएको विषयमा छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार कांग्रेसकै नेता एवं सांसद रमेश लेखकको नेतृत्वमा ८ सदस्यीय समिति गठन गरिएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
उनका अनुसार समितिको कार्यक्षेत्र बजेटको सूचना चुहिएकोबारे वास्तविकता पत्ता लगाउनुका साथै विगतको अध्ययन समेत गरी भविश्यमा यस्तो हुन नदिने के कस्ता उपाय अवलम्बन गर्ने भनेर सुझाव दिने रहेको छ ।
समितिको कार्यकाल १०५ दिनको रहेको छ ।
यसअघि अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट पेश गर्नु अघि नै पत्रपत्रिकामा आएको भन्दै कांग्रेसले सोमबार चार पटक संसद अवरुद्ध पारेको थियो भने छानविन समिति गठनको माग गरेको थियो ।














प्रतिक्रिया