काठमाडौं, १८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको मागअनुसार सत्तारुढ दलहरूले बजेट पेश गर्नुअघि सार्वजनिक भएको विषयमा छानविन गर्न समिति बनाउने निर्णय गरेका छन् ।
बालुवाटारमा आज बिहान बसेको सत्तारुढ दलहरूको बैठकले विपक्षी दलको मागअनुसार छानिवन समिति बनाउने निर्णय भएको राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले जानकारी दिनुभयो ।
‘प्रमुख विपक्षी दल नेपाली कांग्रेसले माग गरेअनुसार बजेट संसदमा पेश गर्नुअघि सार्वजनिक भएको विषयमा छानविन गर्न समिति बनाउने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘कांग्रेससँग छलफल गरेर कस्तो प्रकारको छानविन समिति बनाउने भन्ने विषयमा टुङ्गो लगाउने छौँ ।’
विगत र भविष्यमा यस्ता घटना नदोहरिउन भनेर सुझाव र सचेत गराउनका लागि छानविन समिति बनाउने निर्णय भएको हो ।
कांग्रेसलाई यस विषयमा जानकारी दिइसकिएको छ । कांग्रेसले आफूले भने जस्तै माग पूरा हुने भएपछि आज संसदको बैठक चल्ने दिने तयारी गरेको छ ।












प्रतिक्रिया