काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्रीले “लघु चलचित्र प्रतियोगिता–२०७२” का उत्कृष्ट लघु चलचित्रहरू तथा “सिपाही वार्षिक र “शिवपुरी जर्नल” का उत्कृष्ट लेखकलाई पुरस्कार वितरण गरेका छन् ।
सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता २०७२” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र शिवपुरी जर्नल”का उत्कृष्ट लेखकहरूलाई सोमबार प्रधान सेनापति क्षत्रीले जंगी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच पुरस्कार वितरण गरेका हुन् ।
“लघु चलचित्र प्रतियोगिता २०७२” मा प्रथम पुरस्कार निर्देशक देवेन्द्र पाण्डेकोे लघु चलचित्र “राष्ट्रको पहरेदार”ले पाएको छ । पाण्डेले १ लाख पचास हजार रुपियाँसहित प्रसंशा पत्र पाएका छन् ।
द्वितीय हुने सुरज पौडेलको लघु चलचित्र “लक्ष्य जिन्दगीको” र तृतीय हुने प्रतिश श्रेष्ठको लघु चलचित्र “नयाँ घर” लाई क्रमश रु.१,००,०००।– र रु.५०,०००।– नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
साथै प्रतियोगितामा चौथो हुने विवेक पौडेलको लघु चलचित्र “अध्याय” र पाचौं हुने डेबिन राईको लघु चलचित्र “सिपाही” लाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.१०,०००।— र प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगिताका सम्पूर्ण प्रतियोगीहरूलाई प्रशंसा–पत्र समेत प्रदान गरिएको थियो ।















प्रतिक्रिया