९ कार्तिक २०८३, सोमबार

हिन्दु राष्ट्र ल्याउन पूर्वराजाद्वारा तीन हस्तीसँग गोप्य भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-Sahaकाठमाडौं, १८ जेठ । दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् ।

 

उनीहरु गएको शुक्रबार नै त्यता पुगेका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

 

 

पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएको बुझिएको छ ।
उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ ।

 

राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि–स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।