९ कार्तिक २०८३, सोमबार

अन्ततः एमालेको मुख्यालय भत्कने नै भयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPN-UML-Party-Office-balkhuकाठमाडौं, १८ जेठ । गत वर्षको विनाशकारी भूकम्पले क्षति पुगाएको बल्खु मदननगरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय भवन भत्काउन १५ संस्था र व्यक्तिले आवेदन दिएका छन् ।

धुम्बाराहीस्थित पासाङल्हामु प्रतिष्ठानमा रहेको भाडाको कार्यालय साँघुरो भएपछि एमालेले नयाा भवन बनाउने योजनासहित बल्खु कार्यालय भत्काउन लागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार भत्काउन व्यक्तिगत रूपमा आवेदन दिनेमा जितेन्द्र शाह, राम श्रेष्ठ, किरणकुमार मगर, कृष्णबहादुर खड्का, केशबहादुर थापा, ताराप्रसाद लामिछाने, वीरेन्द्र चौधरी र भोजराज मगर छन् ।

त्यस्तै, राजनन्दनी इन्टरप्राइजेज, बंगलामुखी ट्रेड एन्ड सप्लायर्स, ह्याङ्ला थापती कन्सट्रक्सन, ठोसे खोला कन्सट्रक्सन, सिवी कन्सट्रक्सन तथा शिवम् स्क्रेप्ट सेन्टरले एमाले कार्यालय भत्काउन आवेदन दिएका छन् ।