२५ कार्तिक २०८३, बुधबार

दिनभरी सदन अवरुद्ध पारेपछि देउवालाई भेटेर ओलीले दिए जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Oliकाठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

आजदेखि व्यवस्थापिका संसदमा सुरु गरिएको बजेटमाथिको छलफल बैठकलाई कांग्रेसले दिनभरी लगाएर लगातार चार पटकसम्म अवरुद्ध गरेपछि प्रम ओलीले सभापति देउवालाई भेटेर स्पष्ट जवाफ दिएका हुन् ।

बजेटको सूचना चुहिएको भन्दै छानविन हुनुपर्ने माग राख्दै कांग्रेसले आज दिनभरीमा चार पटकसम्म संसद बैठक अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधका कारण आज बजेटमाथि छलफल नै हुन सकेन् ।

स्रोतका अनुसार भेटवार्तामा देउवाले संसदमा कांग्रेसले राखेको अडान दोहोर्याएका थिए ।

जवाफमा ओलीले बजेट हुबहु सार्वजनिक नभएको र करको दर समेत गोप्य रहेको भन्दै छानविन समिति नबन्ने स्पष्ट जवाफ फर्काए । उनले विगतका सरकारका पालमा सामान्य सूचना बाहिरै आएको स्मरण गर्दै यसपटक त्यति धेरै सूचना बाहिर नगएको समेत स्पष्ट पारेका थिए ।

संसद अवरुद्ध गरे कांग्रेसलाई नै घाटा हुने भन्दै प्रम ओलीले यस्ता विषय उठाएर सदन अवरुद्ध नबनाउन आग्रह गरेका थिए ।

त्यसपछि कड्किएर बोलेका देउवाले संसद चल्न नदिने चेतावनी दिएका थिए । ‘दुबै नेताबीच सहमति केही भएन्, छलफल पछि प्रम जानुभो’ स्रोतले भन्यो ।