१८ कार्तिक २०८३, बुधबार

पाँचथरमा विश्व किराँत महासँघ नेपाल गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

panchthar_district– कृष्ण ओझा
पाँचथर, १७ जेठ । विश्वभर रहेका किराँतीहरुलाई सङ्गठित गर्दै किराँत धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूती फाल्गुनन्द लिङ्देनको किराँत धर्म दर्शनमाथि थप अनुसन्धान गर्दै कार्यान्वयनका लागि विश्व किराँत महासँघ नेपाल गठन गरिएको छ ।

फाल्गुनन्दको तपोभूमी लबे्रकुटीमा शनिवार र आइतबार भएको किराँत धर्मका गुरु,वृद्धिजिवी र अगुवाहरु सम्मिलत् भेलाले महासँघ प्रा.डम्बरकुमार तुम्बापोको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति रहेको महासँघ गठन गरेको हो ।

महासँघको उपाध्यक्षमा क्या.सुरेन्द्रप्रकाश जवेगू, गंगावहादुर साउदेन,महासचिवमा नाम्लिङहाङ चेम्जोङ,सचिवमा सुन्दर नेम्बाङ, सह–सचिवमा पूर्णकुमार चेम्जोङ, उपसचिवमा गणेश तुम्रोक, कोषाध्यक्षमा लेखक सङ्गिता लावती र सह–कोषाध्क्षमा निरन्ती तुम्बापो रहेका छन् ।

अध्यक्ष तुम्बापोले किराँत धर्मका अनुयायीहरुवीचमा देखिएको विभाजनलाई मेटाउँदै फाल्गुनन्दद्धारा प्रतिपादित् सत्यधर्म मुचुल्काको पालनासँगै किराँत धर्म दर्शनलाई किराँती समुदायमा कार्यान्वयनका लागि महासँघले भूमिका खेल्ने बताए ।

उनले किराँत सभ्यताको विकासका लागि पनि महासँघले रणनीतिक योजना सहितको कार्यक्रम गर्दै जाने बताए । महासँघमा देश तथा विदेशमा रहेका ४१ वटा किराँत धर्मको प्रवद्र्धनमा सक्रिय संस्थाहरु आवद्ध छन् ।