बाँके, १७ जेठ । गाईको मासु बेच्ने र किन्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कटपुईया–४ बस्ने ३७ बर्षीय रहसन खानले आफ्नै घरमा गाई काटी मासु बेचिरहेको अवस्थामा मासु किन्न आएका भारत बहराईच बस्ने ३६ बर्षीय अबदुलहा मनसुरी समेतलाई १४ केजी गाईको मासुसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया