१८ कार्तिक २०८३, बुधबार

सामुदायिक वनमा काठ तस्करी, चौकीदार नै संलग्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– हेमन्त पौडेल
धनगढी, १७ जेठ । सामुदायिक वनहरुमा काठ तस्करी भइरहेका खबरहरु सार्वजनिक भइरहेका बेला धनगढीकै एक सामुदायिक वनमा पनि व्यापक काठ तस्करी भइरहेको खुलासा भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी क्षेत्रमा रहेको सरस्वती सामुदायिक वनमा पनि काठ तस्करी भइरहको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका छन् । मटियारीको पूर्वपट्टि रहेको सामुदायिक वनमा एक वर्षको अवधिमा करिब १०–१२ सालका रुखहरु कटानी भएको स्थानीयको आरोप छ ।

स्थानीयले वन उपभोक्ता समितिमा रहेका व्यक्तिहरुबाटै सामुदायिक वनमा रुख कटानी भइरहेको आरोप लगाएका छन् । स्थानीयका अनुसार वन उपभोक्ता समितिका उपाध्यक्ष तथा वनका चौकीदार समेत रहनुभएका बिद्दु राना लगायतका व्यक्तिहरुले वनमा रहेका सालका रुखहरु काट्दै आएका छन् ।

उपभोक्ता समिति रहेका पदाधिकारीहरु नै रुक कटानीमा लागेपछि त्यहाँका अन्य व्यक्तिहरुले पनि त्यसको प्रतिशोधमा रुख काटेको पाइएको छ । खुलेआम रुख काटेर ओसार्ने गरेपछि स्थानीय श्याम चौधरीले पनि जंगलबाट रुख काटेको स्विकार्नुभएको छ । उहाँले वनबाट रुख काटेपछि एक लाख रुपैयाँ जरिवाना समेत तिर्नुभएको छ ।

वनका चौकीदार समेत रहनुभएका वन उपभोक्ता समितिका उपाध्यक्ष विद्दु रानाले पनि वनबाट रुख काटेवाफत जरिवाना तिर्नुभएको समितिले जनाएको छ । तर, रानाले कति रुपैयाँ तिर्नुभयो भन्ने बारेमा स्थानीय उपभोक्तालाई समेत जनाकारी छैन । समितिका सह–सचिव उद्धव शाहीले रिसिइविका कारण केही व्यक्तिहरुले रुख कटानी गरिरहेको आरोप लगाउनुभयो । तर, रानाले रुख काटेको र त्यसबाफत जरिवाना तिरेको भन्ने खबर छ भनेपछि सहसचिव शाहीले रानाले रुख काटेको र त्यसवाफत १० हजार रुपैयाँ जरिवाना तिरेको स्विकार गर्नुभयो । समितिका पदाधिकारीले रानालाई गोप्य रुपमा जरिवाना तिराइएको र यसबारे कोषाध्यक्षलाई समेत जानकारी नदिएको स्थानीय गणेश रानाले आरोप लगाउनुभएको छ । उहाँले श्याम चौधरीलाई काठ चोरे वाफत १ लाख रुपैयाँ तिर्न मुद्धा नै लगाएर रकम अशुल्न लगाउने र समितिका उपाध्यक्षलाई रुख काट्दा गोप्य रुपमा मिलाउने न्यायँसंगत नभएको बताउनुभयो ।

१ लाख रुपैयाँ तिरेका श्याम चौधरीले जरिवाना स्वरुप १ लाख रुपैयाँ तिर्नुपर्ने कागज बनाएजस्तै रकम तिरेपनि केही दिनपछि वन समितिका पदाधिकारीहरुले थप १५ हजार रुपैयाँ मागेर खाएको आरोप लगाएका छन् । यसबारे समितिका कोषाध्यक्ष कविता पन्तले आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले जरिवाना स्वरुपको १ लाख रकम मात्रै मलाई दिइएको बताउनुभयो । त्यसबाहेक अन्य कुनै पनि कुराहरु आफुलाई जानकारी नै नभएको उहाँको भनाई छ ।
स्थानीयबासीहरु समितिका बारेमा मिडियासामु मुख खोल्न मान्दैनन् । स्थानीयले अनौपचारिक रुपमा समितिका पदाधिकारीले वनका रुखहरु काट्दै ओसार्ने गरेको आरोप लगाउने गरेपनि मिडियामा नलेख्न आग्रह गर्ने गरेका छन् । एक स्थानीयका अनुसार समितिका पदाधिकारीहरुले सडकमै रहेको सालको एक रुख मात्रै लाखौंमा विक्रि गरेको बताएका छन् । उहाँले समितिका अध्यक्ष, उपाध्यक्ष र सह–सचिव नै यस काममा बढी सक्रिय रहेको बताउनुभयो ।

यसबारे वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गणेश मल्लले आफुले निर्धक रुपमा काठ तस्करी गर्न नपाएपछि केही केटाहरुले वनका पदाधिकारीहरुलाई आरोप लगाएको दावी गर्नुभएको छ । उहाँले समितिका उपाध्यक्ष तथा चौकीदारलाई लागेको आरोपको पनि खण्डन गर्दै चौकीदारले चोरी हुन लागेको काठ व्यवस्थित गर्न खोजेको मात्रै भएको बताउनुभयो । उहाँले मिडियालाई खबर गर्नेमध्येका एक जनालाई केही दिन पहिले काठ तस्करी गरेको आरोपमा कार्वाही गरेको समेत बताउनुभयो ।