१ कार्तिक २०८३, आइतबार

अडानको महाधिवेशन जेठ २२ र २३ गते, प्रधानमन्त्रीले उद्घाटन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

audanकाठमाडौं, १७ जेठ । लेखापरीक्षकको पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन जेठ २२ र २३ गते काठमाडौंमा हुने भएको छ ।

होटल र्याडिसन काठमाडौंमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र करीव तीन सय पचास लेखापरीक्षक सहभागी हुने संस्थाका उपाध्यक्ष समेत रहेका प्रचार संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिए । अधिवेशको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

२०६३ साउन २० गते स्थापना भएको अडानले ६५ जिल्लामा नेटवर्क विस्तार गरीसकेको छ । संस्थामा देशभरका ८ हजार लेखापरीक्षक संगठित छन् ।

संस्थाले विशेषतः रजिष्टर्ड अडिटर्स (आरए)हरुको हितका लागि विभिन्न कार्यक्रम संचालन गर्नुका साथै लेखाव्यवसायको विकासका लागि समर्पित रहदै आएको छ ।

यस्तै लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को सशक्तिकरणका साथै सबै लेखापरीक्षकहरुको हकहितका लागि क्रियाशिल बनाउन भूमिका खेल्दै आएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐन र आइक्यानमा विशेषतः आरएहरुप्रतिको सबै विभेद हटाउनका लागि समेत विभिन्न लविङ गर्दै आएको जनाएको छ ।

संस्थाले हाल लेखापरीक्षण गराउनुपर्ने निकायहरुको संख्याको तुलनामा लेखापरीक्षक जनशक्तिको संख्या पर्याप्त नभएको सन्दर्भमा एक व्यक्ति एक पेशा नीति तत्काललाई पर सार्न, लेखापरीक्षण रकमसीमा समयानुकुल वृद्धि गर्न, क्षमतावान आरएलाई चार्टर्ड एकाउण्टेन्सी (सीए) प्रवेशलगायतका विषय समेटेर २२ सुत्रीय माग उठाएको विज्ञप्तीमार्फत जनाएको छ ।