
काठमाडौं, १७ जेठ । ललितपुर, मोरङ र सिन्धुली जिल्लामा भएका अलग अलग सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
ललितपुरको बज्रबाराही– ११ कोटडाँडामा आइतबार राति पौने ११ बजे बा २ ख ७२९३ नम्बरको ट्रिपर अनिन्त्रित भई दुर्घटना हुँदा ट्रिपर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुर कुलेखानी– २ का राजिक स्याङ्तानको घटनास्थल मै मृत्यु भएको हो । परिचालक साँखु– ६ गागलफेदीका १८ वर्षीय लक्ष्मण नगरकोटी घाइते भएका छन् ।
उता, मोरङ्गको उर्लाबारी– ४ मा आइतबार राति सवा ९ बजे मे १ ख २२०० नम्बरको ट्रिपरले ठक्कर दिँदा पैदलयात्री स्थानीय ४० वर्षीय कृष्ण मण्डलको मृत्यु भएको छ । गम्भीर घाइते मण्डलको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको थियो ।
सिन्धुलीको कमलामाई– ९ मसानघाट नजिकै आइतबार बेलुकी पौने ७ बजे साइकल अनियन्त्रित भई सडक किनारको नालिमा पल्टिएर दुर्घटना हुँदा साइकलमा पछाडि सवार रामेछाप नाकादुमका ३५ वर्षीय उद्धव के.सीको मृत्यु भएको छ । साइकल चालक स्थानीय ३० वर्षीय अमित गिरी गम्भीर घाइते भएका छन् ।












प्रतिक्रिया