काठमाडौं, १७ जेठ । संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले आज पोखरामा विरोध सभा गर्दैछ ।
आइतबार वीरगञ्जमा विरोध सभा गरेको संघीय गठबन्धनका नेताहरू पोखरामा हुने कार्यक्रमका लागि पुगिसकेका छन् । मधेसी मोर्चासहितका दलका प्रमुख नेताहरू पोखरा पुगेको गठबन्धनले जनाएको छ ।
पोखराको विरोध सभामा गठबन्धनका नयाँ कार्यक्रम सार्वजनिक हुनेछ । सोही कार्यक्रमअनुसार अगाडि बढ्ने नेताहरूले बताएका छन् ।
स्रोतका अनुसार संघीय गठबन्धनले जेठ २५ गतेदेखि काठमाडौंको खुलामञ्चमा रिले अनशन गर्ने तयारी गरेको छ । रिले अनशन असार मसान्तसम्म चल्ने छ ।
रिले अनशनको कार्यक्रम जिल्लाहरूमा चलाउने संघीय गठबन्धनले तयारी गरेको छ ।












प्रतिक्रिया