९ कार्तिक २०८३, सोमबार

अपहरणमा परेका केडिया यसरी छुटेका हुन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kedia-kidnappedवीरगन्ज, १७ जेठ । गत बिहीबार बारा, बरियारपुरबाट अपहरण गरी भारत पुर्याहइएका वीरगन्जका उद्योगी सुरेश केडिया चार दिनपछि घर फर्किएका छन् । भारतीय प्रहरीले आइतबार केडियालाई परिवारको जिम्मा लगाएको छ। नागरिक दैनिकले समाचार छापेको छ ।

बिहार, पश्चिमी चम्पारण जिल्लाका एसपी विनय कुमार र पूर्वी चम्पारणका एसपी जितेन्द्र राणा आइतबार साँझ केडियालाई लिएर सीमावर्ती रक्सौल आइपुगेका थिए। नियमअनुसार नेपाल प्रहरीलाई बुझाउनुपर्ने भए पनि भारतीय प्रहरीले रक्सौलमा पत्रकार सम्मेलन गरी केडियालाई सोझै परिवारको जिम्मा लगाएको हो।

केडियालाई उद्धार गर्न विशेष टोली खटाएपछि अपहरणकारी अत्तालिएर उनलाई छाडिदिएको भारतीय प्रहरीले जनाएको छ। ‘केडियालाई उद्धार गर्न प्राथमिकतासाथ काम गरिरहेका थियौं, हाम्रो टिमवर्क सफल भयो’, पत्रकार सम्मेलनमा एसपी कुमारले भने, ‘यो केस निकै चुनौतीमूलक थियो, भारतीय प्रहरीका तर्फबाट पनि उल्लेखनीय सहयोग पायौं ।’

प्रहरीले अपहरणमा संलग्न आरोपमा रञ्जन ओझा भनिने रञ्जन झालाई पक्राउ गरेको छ। उनलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो। अन्य अपहरणकारी पक्राउ पर्न बाँकी रहेको जानकारी दिँदै एसपी कुमारले यो घटनालाई निष्कर्षमा पुर्याथएरै छाड्ने दाबी गरे । ‘अनुसन्धान निष्कर्षमा पुगेपछि अपहरणमा संलग्न नेपाल–भारत दुवैतर्फका अपराधीको नाम सार्वजनिक गरिनेछ’, उनले भने।

अपहरणमा दुवै देशका पेसेबर अपराधीको संलग्नता रहेको बताउँदै उनले अहिलेसम्मको अनुसन्धानले उनीहरूबारे महत्ववपूर्ण जानकारी हात लागिसकेको जनाए । एसपी कुमारका अनुसार केडिया अपहरण बिहार, बक्सर जिल्लास्थित कारागारमा सजाय काटिरहेका बब्लु दुबेको समूहले गराएको हो ।

भारतीय प्रहरीले सन्तोष झा र मुकेश पाठकलगायतलाई घटनाका मुख्य आरोपी ठहर्यारएको छ। ती सबैको पृष्ठभूमि आपराधिक रहेको कुमारले जानकारी दिए ।

प्रहरीको विशेष टोली परिचालित भएपछि अत्तालिएका अपहरणकारीले केडियालाई छाडिदिएको मोतीहारीका एसपी राणाले पनि दोहोर्योए। उनका अनुसार अपहरणकारीले केडियालाई मोतीहारीनजिक राजमार्गमा छाडिदिएपछि उनी प्रहरी सम्पर्कमा पुगेका थिए।

अपहरणकारीले आफूलाई मोटरसाइकलमा ल्याएर राजमार्गमा छाडिदिएको उद्योगी केडिया बताउँछन्। ‘ज्यान नै जोगिन्छ कि जोगिँदैन भन्ने लागेको थियो। मुक्त भएपछि नयाँ जीवन पाएको अनुभूति भएको छ’, उनले पत्रकार सम्मेलनमा भने ।

यसरी मुक्त भए केडिया

अपहरणकारीले केडियालाई कब्जामा लिएपछि बिहार, मोतिहारीनजिकै कटवा चोकसँग जोडिएको जसौलीपट्टी गाउँ पुर्यााएका थिए । नेपाल प्रहरी र भारतीय प्रहरीले अपहरणको खबर लगत्तै खोजी सुरु गरे पनि उनलाई राखिएको स्थान पहिचान हुन सकेको थिएन ।

यसैबीच भारतीय प्रहरीले शंकास्पद १४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गर्यो । ‘सम्भावित गिरोह थुप्रै थिए, पहिले मुख्यमुख्यलाई पछ्यायौं’, एसपी कुमारले भने, ‘हाम्रो अनुमानअनुसार बब्लु दुबेकै समूहले अपहरण गरेका तथ्य भेटिन थाले ।’ तिनै तथ्य केलाउँदै प्रहरी गिरोहनजिक पुगेपछि उनीहरूले केडियालाई छाडिदिएको उनले बताए।

सीमापारिका व्यापारी पनि बेतिया क्षेत्रबाट निर्वाचित सांसद सञ्जय जयसवाललाई केडियालाई अपहरणमुक्त गराउन पहलका लागि दबाब दिइरहेका थिए।

शनिबार साँझ बिहारका सुरक्षा अधिकारीको क्षेत्रीय बैठक सम्बोधन गर्न त्यहाँका मुख्यमन्त्री नीतीश कुमार मुजफ्फरपुर आइपुगेका थिए ।

त्यहाँ जयसवाल लगायतले केडिया अपरहणबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएपछि शनिबार साँझ नै बेतियाका एसपी कुमारको नेतृत्वमा विशेष टोली परिचालित भयो।

‘पूर्वी चम्पारणको सीमावर्ती क्षेत्रमा बसेर काम गरिसकेका प्रहरी अधिकृतलाई पनि टोलीमा सामेल गरें, उनीहरूबाट सम्भावित गिरोहबाट पूर्वजानकारी लिन सहज भयो’, उनले भने, ‘त्यही आधारमा मोतीहारी, छतौनीबाट घटनामा प्रयोग भएको बिआर ०५ए ३२३९ नम्बर स्कार्पियोसँगै रन्जन झालाई नियन्त्रणमा लिन सक्यौं ।’

उक्त गाडी बिहारको गत विधानसभा निर्वाचनमा विधायक प्रत्याशी धुरन्दरप्रसाद साहको रहेको र त्यसबाट थुप्रै प्रमाण फेला परेको उनले जानकारी दिए। प्रहरीले झाका साथबाट एउटा आधुनिक पेस्तोल, चार राउन्ड गोली र तीनवटा मोबाइलसमेत बरामद गरेको छ।

‘त्यसमध्ये एउटा मोबाइल नयाँ हो जसमा सिम पनि नयाँ नम्बरकै छ, त्यसबाट गिरोहका चार जनाबीच मात्रै कुराकानी भएको पाइएको छ’, एसपी कुमारले भने, ‘ती चार जना नै मुख्य अपराधी हुन्।’ घटनामा अन्यको पनि संलग्नता खुलिरहेको जानकारी दिँदै उनले अपहरणमा नेपालतर्फबाट संलग्नको सूची पनि लामै रहेको बताए।

अपहरणकारीले तीन दिनसम्म आँखामा पट्टी बाँधिदिएकाले कुन ठाउँमा छु भन्नेसम्म पत्तो नभएको अनुभव सुनाए । ‘मलाई नियन्त्रणमा लिएपछि आँखामा पट्टी लगाइदिए, हात पछाडितर्फबाट बाँधिदिए, कहाँ लैजाँदै छन् थाहा थिएन’, उनले भने, ‘आइतबार मात्र पट्टी खोलिदिए। त्यसपछि एउटा मोटरसाइकलमा दुई जना बसेर मलाई बीचमा राखे। राजमार्गको सुनसान ठाउँमा लगेर मलाई ओरालिदिए। त्यो ठाउँ मोतीहारी रहेछ।ु त्यसपछि उनी सरासर प्रहरीको सम्पर्कमा पुगे।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले व्यापारी केडिया सकुशल परिवारको सम्पर्कमा गइसकेको बताए। सबै अपहरणकारी पक्राउ परिनसकेको जानकारी दिँदै उनले भने, ‘अनुसन्धानको पाटो अझै बाँकी छ।’