१ कार्तिक २०८३, आइतबार

संजय थापा भए सोसिएल हीरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । बिगत ८ वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका इन्जिनियर संजय थापालाई अमेरिकामा सोसियल हीरोको अवार्ड दिइएको छ ।

ब्लड डोनर्स अफ अमेरिका र सोसाइटी अफ अमेरिकी नेपलिज नर्सेस्को संयुक्त निर्णयबाट सामाजिक अगुवा थापालार्इ सम्मानित गरिएको हो ।

थापाले न्युयोर्कमा रहेको ब्लड डोनर्स अफ अमेरिकाले आयोजना गरेका हरेक इभेन्टमा रक्तदान गर्दै आएका छन् । व्यक्तिगत हिसाबबाट विभिन्न हस्पिटलहरुमा गरि करिब १०० भन्दा बढी पटक रक्तदान गरेका कारण र न्युयोर्क्कको हरेक कार्यक्रममा उनको चर्चा हुने गरेको छ ।

प्रवासी नेपाली मंचका अमेरिकाको बिगत ३ वर्षदेखि अध्यक्ष रहेका थापले मंचलार्इ अमेरिकाका विभिन्न सिटिहरुमा सम्मानित संस्थाको रुपमा चिनाउने काम गरेका छन् ।