१ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल लाओससँग बराबरीमा रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-football-Training-

काठमाडौं, १६ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले लाओससँग बराबरी खेलेको छ ।

आइतबार लाओसको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल लाओसबीच एक एक गोलको बराबरीमा खेल सकिएको हो ।

पहिलो हाफसम्म खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७७ औं मिनेटमा मिडफिल्डर विशाल राईको गोलमा नेपालले अग्रता लिएको थियो ।

तर ७९औं मिनेटमा लाओसले कर्नर प्रहरलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याउन सफल भयो । थप गोल हुन नसकेपछि खेल बराबरीमा सकियो ।