२५ कार्तिक २०८३, बुधबार

जब प्रधानमन्त्री ओली टाउजर लगाएरै फुटबल खेल्न मैदान छिरे…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-Football

काठमाडौं, १६ जेठ । गणतन्त्र दिवसको अवसरमा आइतबार आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रधानमन्त्री-११ र मूख्य सचिव-११ का बीच खेल भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मूख्य सचिवको टिम विजयी भयो । टाउजरै लाएर मैदान छिरेपछि प्रधानमन्त्रीको टोली पराजित भयो । सामान्यतया हाप पाइन्टमा मैदानमा उत्रिनुपर्ने भएपनि प्रधानमन्त्री जोशिएरै टाउजरै लाएर भित्र छिरेपछि हुटिङ भएको थियो ।

Kp-Oli-Football-1

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालामा फरक रुपमा देखिए । ओलीले रंगशालामा फुटवल खेलाडीको जर्सी मात्र लगाएनन् मैदानमा उत्रेर फुटबल समेत खेले ।

निकै रोमाञ्चक खेल हेर्न सरकार अधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी थिए ।

Kp-Oli-Football-2

प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीबाट मन्त्रीहरुले खेलेका थिए भने मुख्य सचिव सोमलाल सुवेदीको टोलीबाट सचिवहरु मैदानमा उत्रिएका थिए ।

खेलमा मुख्य सचिव टोलीले ३ गोल गर्‍यो भने प्रधानमन्त्रीको टोलीले २ गोल फर्कायो ।

Football

तस्वीरः केशव थोकरबाट ।