काठमाडौं, १६ जेठ । मेगा बैंक लिमिटेडले आजदेखि सेयर कारोबार शुरु गरेको छ ।
पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँगको झण्डै डेढ बर्ष लामो मर्जर प्रक्रिया पुरा गरेको मेगा बैंकको आज अर्थात जेठ १६ देखि नेप्सेमा शेयर कारोबार सुरु भएको हो ।
१० प्रतिशत बोनश शेयर दिएको मेगा बैंकको बोनश समायोजन पश्चात प्रतिकित्ता शेयर मूल्य ३५९ रुपैयाँ तोकिएको छ भने बैंकको आधारमूल्य भने प्रतिकित्ता २९२ रुपैयाँ तोकेको छ ।
मर्जर अघि मेगा बैंकको नेप्सेमा प्रतिकित्ता ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले पश्चिमाञ्चल डेभलपमेन्टसँगको मर्जर सकाएर वैशाख १३ गतेदेखि संयुक्त कारोबार थालेको थियो ।















प्रतिक्रिया