अष्ट्रेलिया । राजाराम पौडेल यतिेबला तेल भिसामा अष्ट्रेलियामा छन् ।
नाति जन्मिएपछि सपत्नी बुहारीको स्याहार गर्न पुगेका राजाराम पौडेलले त्यहाँको स्थानीय समूदायमा आफ्नो हाँस्यरस पनि फैलाइरहेका छन् ।
आफुलाई एक नम्बरको कमेडिएन मान्ने पौडेलले भने सिड्नीका दर्शकलाई तनहुँ समाजको कार्यक्रममा बासी जोक सुनाएर हँसाउने प्रयत्न गरे । मे १० तारिखका दिन नै युट्युबमा अपलोड भइसकेको भिडियो हेरिसकेका दर्शक त्यही बासी प्रस्तुति राजारामले त्यहाँ दिएपछि दिक्क बनेका थिए ।
यद्यपि यसलाई युट्युबमा हेर्न नभ्याएकाहरु भने हाँसिरहेका भेटिन्थे । राजाराम पौडेलले स्टेजबाटै आफ्नो भिडियो फेसबुकमा लाईभ नगर्न अनुरोध गरेका पौडेलले आफ्नो प्रस्तुति लाखौं पर्ने समेत भन्न भ्याए ।
तर, उनको प्रस्तुति बासी भइसकेको भने उनलाई हेक्का रहेनछ । यो लिंकमा हेर्नुहोस् त, उनको यही भिडियो मे १० तारिखमै अपलोड भइसकेको देखिन्छ ।
नेपाला वरिष्ठ कलाकार भएर पनि छुद्र व्यवहार देखाएका उनले आगामी दिनमा अष्ट्रेलियाका विभिन्न राज्यमा समेत सशुल्क शो देखाउने तयारी गरेका छन् ।
उनलाई बोकेर हिंडेका केही सिड्नीका व्यक्तिहरु जब उनको यथार्थ थाहा पाए तब छाँगाबाट खसेको जस्तो भएका छन् ।
उनले युट्युबमा समेत राख्ने र त्यसबाट कमाई गर्ने र दर्शकहरुलाई पनि त्यही प्रस्तुति दिएर जबर्जस्ती हँसाउन खोज्ने भन्दै निकैले टिप्पणी गरेका छन् ।
https://youtu.be/gV_j7RrPx5k















प्रतिक्रिया