काठमाडौं, १६ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
यो खेलमा प्रमुख पंक्तिका स्ट्राइकर विमल घर्तीमगर सहभागी छैनन् । उनी बहिनी मनिषा घर्तीको वियोगमा नेपालमै छन् ।
आजको खेल नेपाली समयअनुसार लाओसको राष्ट्रिय रंगशालामा बेलुकी साढे ६ बजेदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलका लागि स्ट्राइकर अनिल गुरुङको कप्तानी किरण चेम्जोङ, विकास कुथु, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, विराज महर्जन, प्रकाश बुढाथोकी, सुजन श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विकास राई, राजेन्द्र रावल, अञ्जन विष्ट, जगजित श्रेष्ठ, भरत खवास, नवयुग श्रेष्ठ र सुनील वल रहेको नेपाली टोली लाओस पुगिसकेको बताए ।
‘सबै खेलाडी तयारी अवस्थामा छन् । खेल आज साँझ हुनेछ’ उनले भने । कार्यबाहक अध्यक्ष श्रेष्ठका अनुसार जापानी प्रशिक्षक ग्योतोकु कोजीले टिम सम्हालेयता नेपाल पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।
बंगलादेशमा हुने अर्को संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिता अगाडि कुनै पनि अन्तर्राष्ट्रिय फुटबल नभएको अवस्थामा फिफा बरियातामा १७६ औं स्थानमा रहेको पूर्वी एशियाली मुलुक लाओससँग यो मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।
















प्रतिक्रिया