काठमाडौं, १६ जेठ । भूकम्पबाट घर क्षति भई अनुदान पाउने छनौट सूचीमा परेका घरधनीसँग विभिन्न जिल्लामा अनुदान सम्झौता गर्ने क्रम जारी छ ।
अहिलेसम्म ३६ हजार २ सय ८७ घरधनीसँग अनुदान सम्झौता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
जसमा ओखलढुंगामा १० हजार ७ सय ३३, रामेछापमा १३ हजार ७९, गोर्खामा २३ सय, धादिङमा ५ सय ९९, नुवाकोटमा २ सय ८० घरधनीसँग सम्झौता भएको छ । यस्तै रसुवामा २ सय ८, सिन्धुपाल्चोकमा १९ सय २७, काभ्रेमा ९ सय, दोलखामा ५१ सय ६१ र सिन्धुलीमा ११ सय घरधनीसँग सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।













प्रतिक्रिया